विप्लव समूहलाई संवैधानिक दायरामा आउन प्रधानमन्त्रीको आग्रह

भैरहवा, चैत ८ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विप्लव समूह आपराधिक गतिविधि छाडेर संवैधानिक दायराभित्र रही सार्वभौमसत्ता रक्षा र स्वाधीनताको पक्षमा लाग्नुपर्ने बताएका छन् । उनले सो समूहलाई आपराधिक गतिविधि नगर्न आग्रह गर्दा विरोध गरिनु आश्चर्यको विषय भएको बताए । प्रधानमन्त्री ओलीले सिके राउत समूह विखण्डनको राजनीति छाडेर मूलधारको राजनीतिमा आएकैले उक्त समूहसँग सरकारले सम्झौता गरेको पनि स्मरण गराए ।

याे पनि पढ्नुस  सबैसँग मैत्री हाम्रो सिद्धान्त हो : प्रधानमन्त्री

यस्तै, उनले लुम्बिनी विकास कोषमा अब छिट्टै पदाधिकारी नियुक्त गरी गुरुयोजना पूरा गर्न जिम्मा दिइने जानकारी दिए । उनले भने, “लुम्बिनीमा गुरुयोजनाभन्दा बाहिर हुने गतिविधि र प्रदूषण रोकिने छ, गौतम बुद्धको जन्मस्थान स्वच्छ र धार्मिक थलोका रुपमा विकास गरिने छ ।”

याे पनि पढ्नुस  प्रधामन्त्री ओलीको व्यग्य-‘भोकै सुत्ने र बेमौसममा कराउने आफैं चुप लाग्छन्’

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षसमेत रहेका ओलीले आकस्मिक रुपमा पार्टी एकीकरण भएकाले पनि अब केही दिनमै तल्लो तहसम्म आकस्मिक रुपमै एकीकरण हुने जानकारी दिए। उनी आज बुटवल मेडिकल कलेज र बुटवल नारायणगढ चार लेन सडक उद्घाटन गर्न रुपन्देही आएका हुन् ।

याे पनि पढ्नुस  भोट नदिएपनि ढुक्क भएर सुत्नु होला देश बन्छ : प्रधानमन्त्री

कमेन्ट गर्नुहोस्