Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रहरीकै भ्यानले ठक्कर दिँदा होली खेलिरहेका एक युवा गम्भीर घाइते

जनकपुर, चैत ८ । जनकपुरमा होली खेलिरहेका युवाहरुमाथि प्रहरीको भ्यानले ठक्कर दिएको छ । भ्यानकोे ठक्करबाट एकजना युवा गम्भीर घाइते भएका छन् ।

प्रहरीको भ्यानको ठक्करबाट जनकपुर–३ का रामा ठाकुरका छोरा प्रदीप ठाकुरको २ वटै खुट्टा भाँचिएको छ । हाल उनलाई उपचारको लागि अस्पताल लगिएको छ । होली खेलिरहेका युवा र प्रहरीबीच केही समयअघि भनाभन भएको थियो र यसैको रिसिइबीलाई लिएर प्रहरीले नियोजितरुपमा भ्यान भीडमाथि चलाएको युवाहरुले आरोप लगाएका छन् । यतिखेर युवाहरु यतिखेर प्रहरी बिरुद्ध नाराबाजी र प्रदर्शनमा उत्रिएका छन् ।


१५ दिने मध्यमा परिक्रमा सकिएको भोलिपल्ट जनकपुरमा फागु पर्व (होली) मनाउने प्रचलन छ । नेपाल र भारतको १ सय ३३ किलोमिटर दूरी पैदल तय गरिने मध्यमा परिक्रमा बिहीबार बाह्रबिघा मैदानमा समापन भएकाले जनकपुरमा शुक्रबार होली मनाइएको हो ।

काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा अस्ती र तराई–मधेसका अन्य क्षेत्रमा बिहीबार होली मनाइएको थियो । जनकपुरबासीले आपसमा रंग दलेर विहानैदेखि शुभकामना आदान–प्रदान गर्दा चोक–चोकमा जोगिरा गायनसँगै ‘मटकाफोर’ कार्यक्रम भइरहेका छन् ।

होली हेर्न ठूलो संख्यामा विदशी पर्यटक पनि जनकपुर पुगेका छन । न्यूज२४बाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: