Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साफ च्याम्पियनसिपः भारतविरुद्ध नेपालले गोल फर्कायो (LIVE)

विराटनगर, चैत ८ । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनल खेलमा नेपाललले भारतविरद्ध गोल फर्काएको छ । भारतले २६औं मिनेटमा फ्रिकको सदुपयोग गर्दै गोल गर्दा नेपालले ३३ औं मिनेटमा गोल फर्काउन सफल भयो । खेल बराबरीमा ल्याउन सावित्रा भण्डारीले गोल गरेकी हुन् । खेल विराटनगरको शहीद रंगशालामा भइरहेको छ ।

फाइनल खेलमा नेपालले सेमिफाइनलमा श्रीलंकाविरुद्ध मैदानमा उतारेको खेलाडीलाई नै पहिलो रोजाइमा राखेको छ । नेपालले ४–४–२ को फर्मेसनमा खेल्ने रणनीति बनाएको छ ।

आफ्नै घरेलु मैदानमा पहिलो पटक आयोजना भएको साफ च्याम्पियनसिपको उपाधि जित्दै नेपाल इतिहास रच्न चाहन्छ । चौथो पटक भारतविरुद्ध साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा प्रतिस्पर्धा गर्न लागि रहेको नेपाल उच्च मनोबलमा रहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: