Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

साफ च्याम्पियनसिपः नेपालविरुद्ध भारतको दोस्रो गोल (LIVE )

काठमाडौं, चैत ८ । महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपालविरुद्ध भारतले २-१ ले अग्रता लिएको छ । पहिलो हाफमा १-१ को बराबरीमा रहेको खेलमा भारतले दोस्रो हाफको ६२औं मिनेटमा दोस्रो गोल गर्न सफल भयो ।

भारतले पहिलाे हाफमै अग्रता लिएपनि सावित्रा भण्डारीको गोलसँगै बराबरी बनाएकी थिइन् । विराटनगरस्थित सहिद मैदानमा जारी खेलको २६औं मिनेटमा डालिमा छिब्बरले करिव ३५ यार्डबाट फ्रिकिकमा सुन्दर गोल गरेपछि नेपाल खेलमा पछि परेको थियो ।

हीरा कुमारी भुजेले विपक्षी खेलाडीलाई लडाएपछि प्राप्त फ्रिकिकलाई डालिमाले सोझै गोलमा परिणत गरेकी हुन् । तर, ३३औं मिनेटमा डिफेन्डर पुनम जर्घा मगरको लामो पासमा सावित्रा भण्डारीले बराबरी गोल फर्काइन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: