Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

अमेरिका जाँदै नेपाल आइडल तीन प्रतिस्पर्धी

काठमाडौं, चैत ८ । नेपाल आइडल सिजन-२ का रवि ओडसहित तीन प्रतियोगी अमेरिका भ्रमणमा जाने भएका छन्। आइडल विजेता रवि, फस्ट रनरअप विक्रम बराल र सेकेन्ड रनरअप सुमित पाठक अमेरिका जाने भएका हुन् ।

अप्रिल १३ तारिखमा अमेरिकाको न्युयोर्कमा उनीहले सांगीतिक प्रस्तुति दिने छन्। बाल्टिमोरमा अप्रिल १४, नेब्रास्कामा १९ अप्रिल, बोस्टनमा अप्रिल २१ सँगै उनीहरुले अमेरिकाका मुख्य १३ सहरमा सांगीतिक प्रस्तुति पस्कने छन्।

नेपाल आइडल नेपाली सांगीतिक इतिहासमै अत्यन्तै धेरैले हेरिएको चर्चित रियालीटी शो हो। २०१७ देखि नै एपीवान एचडी टेलिभिजनमा यो कार्यक्रम सुरु गरिएको हो। नेपाल आइडलका उत्कृष्ट प्रतियोगी जापान, अष्ट्रेलिया र यूएई पुगेर उत्कृष्ट प्रस्तुति दिइसकेका छन्। अप्रिल र मे महिनाभर उनीहरु अमेरिकामै रहनेछन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: