निर्मला हत्या प्रकरणः थुनछेक बहस सकियो, आइतबार फैसला

कञ्चनपुर, चैत ८ । बलात्कारपछि हत्या गरिएकी जिल्लाको भीमदत्त नगरपालिका १३ की बालिका निर्मला पन्तको हत्या प्रकरणमा बर्खास्तमा परेका तत्कालीन नेपाल प्रहरीका एसपी डिल्लीराज विष्टको जिल्ला अदालत कञ्चनपुरमा शुक्रबार थुनछेक बहस सकिएको छ। मंगलबार अदालतमा निवेदनसहित आफैँ उपस्थित भएका विष्टसँग यातनासम्बन्धी मुद्दा र प्रमाण नष्ट गरेको मुद्दामा बयान लिने कार्य गरिएपछि बुधबारदेखि थुनछेक बहस शुरु गरिएको थियो।

याे पनि पढ्नुस  बर्खास्त विष्ट र इन्सपेक्टर भट्टले पुनर्बहालीको माग गर्दै निवेदन दिए

बयान लिने कार्य सकिएपछि दुवै मुद्दाबारे बुधबार थुनछेक बहस नसकिएपछि शुक्रबार पुनः वादी र प्रतिवादी वकिलले कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश राजेन्द्रकुमार आर्चायको एकल इजलासमा थुनछेक बहस गरेका थिए। थुनछेक बहसको कार्य सकिए पनि समय अभावले आदेश आउन नसकेको अदालतका श्रेष्तेदार हरिकृष्ण अबस्थीले बताए। उनका अनुसार बर्खास्त प्रहरी उपरीक्षक विष्टलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको जिम्मा लगाएको छ।

याे पनि पढ्नुस  निर्मला हत्या प्रकरणः तत्कालीन एसपी विष्टलाई साढे १० लाख धरौटीमा छोड्न आदेश

बर्खास्त प्रहरी उपरीक्षक विष्टसहित आठ जनाविरुद्ध निर्मलाकी आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलीप सिंह विष्टका दाजु खडक विष्टले यातानाविरुद्धको कसुरमा मुद्दा दायर गरेका थिए।

कमेन्ट गर्नुहोस्