पानीको मुहान जोगाउन सबै लागौंः खानेपानी मन्त्री

काठमाडौं, ८ चैत । खानेपानी मन्त्री बिना मगरले पानीको स्रोत संरक्षण गर्न सबैजना एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने बताएकी छन् ।विश्व पानी दिवसको उपलक्ष्यमा आज शुक्रबार राजधानीमा आयोजना गरिएको एक कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले पानीको स्रोत संरक्षणमा सरकार र नागरिकको तर्फबाट अभियान चलाउनु पर्ने बताएकी हुन् ।

सोसाईटी अफ पब्लिक हेल्थ ईन्जिनियर्स (सोफेन) र खानेपानी तथा ढल व्यवस्थापन विभागले संयुक्त आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री मगरले पानीको स्रोत संरक्षणमा एकजुट भएर जुट्न आग्रह गरिन् ।

याे पनि पढ्नुस  सहरी क्षेत्रको खानेपानीमा समेत लगानी गर्न विश्व बैंकलाई खानेपानी मन्त्रीको आग्रह 

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, “अन्नको लागि हामी जिन्दगीभर समय खर्चिन तयार छौं तर मानव जीवनमा नभई नहुने पानीका लागि भने समय दिंदैनौं । प्रकृति र वातावरणसँग पानीको घनिष्ट सम्बन्ध छ । त्यसैले पानीको मुहान जोगाउन सबैजना लागौं ।”

खानेपानीमा आम जनताको पहुँच पुर्याउन योजना बनाएर सरकार अघि बढिरहेको उनले स्पष्ट पारिन् । खानेपानीमा सहज पहुँच पुर्याउन, स्रोतको संरक्षण गर्न र वितरण प्रणाली चुस्त बनाउन साझा ऐन निर्माणको तयारी भईरहेको उनले जानकारी दिइन् । पानीका कारण हुने सबै किसिमका सामाजिक विभेद अन्त्य गर्न पनि मन्त्री मगरले सबैलाई सुझाव दिइन् ।

याे पनि पढ्नुस  खानेपानीको क्षेत्रमा दशककै सबैभन्दा बढी बजेट विनियाेजन

कार्यक्रममा पूर्व मन्त्री एवं नेकपाका नेता गणेश साहले पिउने पानीमा सरकारले लगानीका लागि ध्यान नदिंदा प्राथमिकतामा नपरेको बताए । ठूल ठूला जलविद्युतका लागि मात्र सरकारको ध्यान गएको बताउँदै पूर्व मन्त्री साहले मानव जीवनमा नभई नहुने पिउने पानीमा भने कत्ति पनि ध्यान नदिएको गुनासो गरे ।

याे पनि पढ्नुस  नेपालको पानी कतार निर्यात गरिने, खानेपानी मन्त्री र राजदूतबीच छलफल

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.जगदिशचन्द्र पोखरेलले जनसंख्या र आवादीका आधारमा खानेपानीका गुरु योजनाहरु बनाउन सरकारलाई सुझाव दिए ।

कमेन्ट गर्नुहोस्