Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

तीन महिनादेखि वडाध्यक्ष भुसाल वेपत्ता

अर्घाखाँची, चैत ९ । अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष वेपत्ता भएको तीन महिना बितिसक्दासमेत उनको अवस्था पत्ता लाग्न सकेको छैन । पुस २ गते बिहान करिव ७ बजेको समयमा डाँडाकटेरी स्थित घरबाट निस्केका मालारानी–२ का वडाध्यक्ष विनोद भनेर परिचित विष्णुप्रसाद भुसालको अवस्था हालसम्म पत्ता लाग्न नसकेको हो ।

वडाध्यक्षका दाई जीवलाल भुसालले अहिलेसम्म भाइ भेटिन नसकेको भन्दै राज्यले पनि खोजछिबमा ध्यान नदिएको आरोप लगाए । उनका अनुसार पुस सोही दिन विहान वडाध्यक्ष भुसाल घरबाट आफ्नो लु १ ब १७४५ नम्वरको मोटरसाईकल सर्भिसिङ्ग गर्न जान्छु भन्दै हिँडेका थिए । सन्धिखर्कको गुन्टेखोलामा रहेको यामाहा स्वरुममा लगेर मोटरसाइकल पनि छाडेका थिए ।

प्रहरीका अनुसार त्यसदिन उनी सन्धिखर्कको बगैचामा रहेको सिसी क्याम्मरामा देखिएका थिए । दोश्रो दिन विहान बुटवल अस्पताल लाइनमा फुटपाथमा व्यापार गर्ने उनकै छिमेकी अस्मीता पाण्डेले उनलाई देखेकी थिइन् । भेट हुँदा अस्मितासँग पश्चिमतिर जाने बताएका उनी त्यसयता कसैको सम्पर्कमा नरहेको बताइएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: