बस र ट्रक ठोक्किँदा २१ घाइते, ४ जनाको अवस्था गम्भीर

कपिलवस्तु, चैत ९ । कपिलवस्तु र दाङको सीमा क्षेत्र धानखोलामा बस र ट्रक आपसमा ठोक्किँदा २१ जना घाइते भएका छन्। दुर्घटनामा बसका चालक बर्दिया बारबर्दिया ४ बस्ने २६ वर्षीय खिमराज बिकसहित ४ जनाको अवस्था गम्भीर रहेको छ ।

शनिबार दिउँसो कपिलवस्तुको शिवराज नगरपालिका १, धानखोला क्षेत्रमा बुटवलबाट नेपालगंजतर्फ जाँदै गरेको ना ७ ख ६७४ नम्बरको बस र ना ४ ख ८३८५ नम्बरको ट्रक आपसमा ठोक्किएका थिए ।

याे पनि पढ्नुस  डडेल्धुरामा बस दुर्घटना, मृत्यु हुनेको संख्या १५ पुग्यो (अपडेट)

दुर्घटनामा शिवराज नगरपालिका ५ का ५८ वर्षीय राम तुल्लाह मुसलमान, २५ वर्षीया कल्पना सुनार, १५ वर्षीय भीम सुनार घाइते भएका छन्। दुर्घटनामा दाङ घोराही उपमहानगरपालिकाका २५ वर्षीया सपना सुनार, प्युठान गौमुखी नगरपालिकाका ७५ वर्षीय खडकबहादुर वि।क, हुमे सुनार, २५ वर्षीया रतकुमारी, देवी चौधरी लगायत २१ जना घाइते भएका छन्।

याे पनि पढ्नुस  बबई नदीमा दुईजनाको शव फेला

दुर्घटनामा परेका १७ जनालाई बुटवलका विभिन्न अस्पतालमा उपचारका लागि रिफर गरिएको प्रहरी नायव उपरीक्षक रवी रावलले जानकारी दिए । घटनास्थलबाट बस र ट्रकलाई क्रेनमार्फत हटाउने प्रयास भइरहेको छ ।

कमेन्ट गर्नुहोस्