Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

पानामाविरुद्ध ब्राजिल बराबरीमा रोकियो

काठमाडौं, चैत १० । अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा पूर्व विश्व विजेता ब्राजिलले पानामासँग एक–एक गोलको बराबरी खेलेको छ । पोर्टोमा भएको खेलमा ब्राजिलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको ३२ औं मिनेटमा लुकास पाक्विटाको गोल मार्फत ब्राजिलले अग्रता बनाएको थियो ।

तर सो अग्रता धेरै बेर टिक्न सकेन । खेलको ३६ औं मिनेटमा माचादोले पानामाका लागि गोल गर्दै खेल बराबरीमा पुर्‍याए । त्यसपछि ब्राजिलले गोलका लागि थुप्रे अवसर पाए पनि पानामाको डिफेन्स र गोलकिपर बचाए । स्टार खेलाडी नेइमार विना नै मैदानमा उत्रिएको ब्राजिलले ५ वटा मौकामा अरु गोल गर्न सकेन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: