Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

युरो कप छनोटः रामोसको गोलमा स्पेन विजयी

एजेन्सी । युरो कप छनोटको आइतबार बिहान खेलिएको आफ्नो पहिलो खेलमा स्पेनले प्रतिस्पर्धात्मक जित हासिल गरेको छ । समूह ‘एफ’ अन्तर्गतको खेलमा स्पेनले नर्वेलाई २-१ गोलले हरायो । स्पेन विश्व कप र युरो कपको पूर्वविजेता राष्ट्र हो ।

स्पेनले हालसम्म तीन पटक युरो कपको उपाधि जितेको छ । सन् १९६२ मा पहिलो पटक युरो कप जितेका स्पेनले त्यसपछि सन् २००८ र सन् २०१२ मा लगातार दुई पटक उपाधि चुमेको थियो । स्पेन र जर्मनीले मात्र हालसम्म तीनपटक युरो कपको उपाधि जित्न सकेका छन् ।

घरेलु मैदानमा खेलिएको नर्वेविरुद्घको खेलमा स्पेनका लागि रोड्रिगो र सर्जियो रामोसले एक÷एक गोल गर्यो । खेल सुरु भएको १६औं मिनेटमै रोड्रिगोले स्पेनका लागि पहिलो गोल गरेका थिए । सोही गोलका कारण पहिलो हाफमा स्पेन अगाडि रह्यो ।

तर, ६५औं मिनेटमा नर्वेका लागि जोसुवा किङ्ले पेनाल्टीमार्फत जवाफी गोल गरेपछि खेल १-१ को बराबरीमा पुगेको थियो । खेल प्रतिस्पर्धात्मक रुपमा अघि बढिरहँदा ७१औं मिनेटमा सर्जियो रामोसले पेनाल्टीमार्फत निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाएका थिए ।

सोही समूहको अर्को खेलमा स्विडेनले घरेलु मैदानको फाइदा उठाउँदै रोमानियालाई २-१ गोलले पराजित गर्यो । माल्टाले पनि घरेलु मैदानमै फरोए आइल्यान्ड्सलाई २-१ गोलले हरायो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: