Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

प्रदेश प्रमुख भए गुमनाम, के गर्दै छन् उनीहरु?

काठमाडौं, चैत १० । अघिल्लो वर्ष माघ ३ गते सरकारले सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त गर्यो। प्रदेश प्रमुखमा नियक्त व्यक्तिहरुको निकै चर्चा भएको थियो। तर, यतिबेला उनीहरु निश्क्रिय जस्तै छन्। संघीय सरकारको प्रतिनिधिका रुपमा रहने प्रदेश प्रमुख सेरेमोनियल पद हो। प्रदेश प्रमुखमा नियुक्त हुनुअघि उनीहरु आआफ्नो क्षेत्रमा सक्रिय र परिचित थिए।

प्रदेश १ मा प्रदेश प्रमुख नियुक्त हुनु अघि गोविन्दबहादु सुब्बा अंग्रेजीका प्राध्यापक थिए। प्रदेश २ का रत्नेश्वरलाल कायस्थ पूर्व सचिव हुन्। प्रदेश ३ की अनुराधा कोइराला पूर्वमन्त्री तथा माइती नेपालकी संस्थापक हुन्।

गण्डकी प्रदेशका बाबुराम कुँवर पूर्वमहान्यायाधिवक्ता एवं कानुन व्यवसायी हुन्, प्रदेश पाँचका उमाकान्त झा पूर्व सचिव, पूर्व मन्त्री हुन्। कर्णाली प्रदेशका दुर्गाकेशर खनाल राष्ट्रियसभाका पूर्व सदस्य हुन् भने सुदुरपश्चिमका प्रदेश प्रमुख मोहनराज मल्ल पूर्व रापंस हुन्।

पाँच वर्षका लागि नियुक्त प्रदेश प्रमुख पहिलो वर्ष नै गुमनाम भएका छन्। सेरेमोनिलय राष्ट्रपतिको भने सञ्चारमाध्यममा चर्चा भइरहन्छ। तर, अधिकांश प्रदेश प्रमुखका गतिविधिबारे आम नागरिक बेखबर छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: