एसईई परीक्षाः करिश्मालाई बाबुरामको शुभकामना

काठमाडौं, चैत १० । एसईई परीक्षामा सहभागी भएकी नायिका करिश्मा मानन्धरलाई नयाँ शक्ति नेपाल। पार्टीका संयोजक बाबुराम भट्टराईले फोन गरेर शुभकामना दिएका छन् । भट्टराईले सफल मान्छे बन्नको लागि उमेरले नछेक्ने भन्दै एसईई परीक्षाको पूर्व सन्ध्यामा परीक्षा सफल होस् भन्दै शुभकामना दिएका थिए ।

याे पनि पढ्नुस  चैत २८ गतेदेखि शुरु हुने एसइईको परीक्षा सकेपछि रहँदैन जिल्ला शिक्षा कार्यालय, त्यसपछि उत्तरपुस्तीका कहाँ, कसले परीक्षण गर्ने, अन्यौलमा परीक्षाफल

आइतबार डिल्लीबजारस्थित विजय स्मारक मावि केन्द्रबाटपरीक्षा केन्द्र करिश्माले देशैभरी एसईई परीक्षामा सहभागी भइरहेका विद्यार्थीलाई शुभकामना दिएकी छिन् । उनले नडराईकन परीक्षा दिनसमेत सम्पूर्ण परिक्षार्थीलाई सल्लाह दिएकी छिन् ।

अभिनेत्री मानन्धर पनि कक्षा ८ मा नै भर्ना भएर पढ्न सुरु गरेकी थिइन् । उनी काठमाडौँको मैतीदेवीस्थित त्रिवेणी माविको नियमित विद्यार्थी हुन् ।

कमेन्ट गर्नुहोस्