Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सामाजिक सञ्जालमा विज्ञापनः १० हजार लाइकले ६० हजारसम्म कमाइ

काठमाडौं चैत १० । विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि बढ्न थालेको छ । हाल ब्रान्डहरुले आफ्ना कन्टेन्ट सेयर गरिएको पोस्टमा १० हजार लाइक्स आएमा सेलीब्रेटी इन्फ्लुएन्सलाई ६० हजार रुपैयाँसम्म दिने गरेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्कालाई अचेल रेडियो, टेलिभिजनभन्दा सामाजिक सञ्जालबाट विज्ञापन गरिदिन बढी आग्रह आउँछन् । उनले केही दिन अघि आफनो इन्स्टाग्राम र फेसबुक एकान्टबाट विभिन्न मोबाइल फोन र सौन्दर्य प्रशाधनको प्रचार गरिदिइन् ।

विश्वमै लोकप्रिय बन्दै गएको व्यक्तिमार्फत सामाजिक सञ्जालमा गरिने मार्केटिङ नेपालमा पनि सुरु भएको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: