Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

स्वतन्त्र उम्मेद्वारी दिएर वडा अध्यक्षमा निर्वाचित भएकी सकुन्तलाको निधन

कपिलवस्तु, चैत १० । कपिलवस्तुको शिवराज नगरपालिका वडा नंं. १० की वडा अध्यक्ष सकुन्तला भारतीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित रहेकी भारतीको शिवराज नगरपालिका वडा नं. १० लालपुरमा रहेको आफ्नै घरमा शनिबार निधन भएको हो ।

७६ वर्षीया भारती स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेद्वार रही यस वडाको वडा अध्यक्षको रुपमा निर्वाचित भएकी थिइन् । स्वर्गीय भारतीका छोरा बाहिर भएकाले उनको दाह संस्कार आइतबार हुने गरिने पारिवारिक स्रोतले जनाएको छ । वडा अध्यक्ष भारतीको निधन प्रति नगर प्रमुख नेत्रराज अधिकारीले गहिरो दुःख व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: