भारतीय अनलाइनले सन्दीपलाई रोहित बनाएपछि….

काठमाडौं, चैत १० । भारतीय चर्चित अनलाइन ‘नवभारत टाइम्स’ ले नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेको फोटो नै बिर्सिएको छ । इन्डियन प्रिमियर लिग (आइपीएल) मा दिल्ली क्यापिटल्समा आवद्ध सन्दीपको फोटोमा रोहित कुमार पौडेलको तस्विर राखिएको छ ।

नवभारतको साइटमा राखिएको दिल्लीको टिममा सन्दीपको फोटो हुनुपर्नेमा रोहितको फोटो राखिएको हाे । विश्वका चर्चित क्रिकेट लिग खेलिसकेका सन्दीपको फोटो नै नचिन्ने कस्तो अनलाइन हो भन्दै ‘नवभारत टाइम्स’को सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ । टिमका अन्य खेलाडीको नाम र फोटो भने सहि छ-

कमेन्ट गर्नुहोस्

%d bloggers like this: