आइपीएलः केकेआरले टस जित्यो, हैदरावादमा भुवनेश्वर कप्तान !

काठमाडौं, चैत १० । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदारावादविरुद्ध टस जितेर बलिङ रोजेको छ । खेल नेपाली समयअनुसार ४ः१५ बजेदेखि कोलकातामा शुरु हुँदैछ ।

नियमित कप्तान केन विलियम्सन घाइते भएका कारण आज हैदरावादकाे कप्तान जिम्मेवारी भुवनेश्वर कुमारले पाएका छन् । सनराइजर्समा दिनेश कार्तिक कप्तान छन् । अहिलेसम्म आइपीएलमा कोलकाताले २ र हैदरावादले एक पटक उपाधि जित्न सफल भएका छन् । आजको खेलमा को-कोले पाए मौका? हेर्नुस्–

याे पनि पढ्नुस  आइपीएलः विराटको टिम दोस्रो खेलमा पनि पराजित, मुम्बईको पहिलो जित

कोलकाताः दिनेश कार्तिक (कप्तान), क्रिस लिन, सुनील नारायाण्, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्गूयन र प्रसिद्ध कृष्णा

हैदराबादः भुवनेश्वर कुमार (कप्तान), डेविड वार्नर, जोनी बेयरस्टो, मनीष पाण्डे, दीपक हूडा, शकिब अल हसन, विजय शंकर, यूसुफ पठान, राशिद खान, सिद्धार्थ कौल र संदीप शर्मा

याे पनि पढ्नुस  आइपीएलमा दिल्ली र हैदरावाद भिड्दै, सन्दीप आज खेल्छन् ?

यो वर्षको आइपीएलको पहिलो खेलमा गत संस्करणको विजेता चेन्नई सुपर किंग्सले रोयल च्यानेन्जर्स बैंग्लोरलाई हरायो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले विराट कोहली नेतृत्वको बैंग्लोरलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

कमेन्ट गर्नुहोस्