आइपीएलः वार्नरको शानदार कम ब्याक, कोलकाताविरुद्ध अर्धशतक

काठमाडौं, चैत १० । बल टेम्परिङका कारण गत इन्डियन प्रिमियर लिग (आइपीएल) गुमाएका अष्ट्रेलियाका चर्चित क्रिकेटर डेविड वार्नरले शानदार ‘कम ब्याक’ गरेका छन् ।

सनराइजर्स हैदराबादमा आवद्ध उनले १२औं संस्करणको पहिलो खेलमै कोलकाता नाइट राइडर्सविरुद्ध अर्धशतक प्रहार गर्न सफल भए । वार्नरले ३१ बलमा अर्धशतक पूरा गरेका हुन् । उनले ५० रन पूरा गर्दा ८ चौका र एक छक्का प्रहार गरे । आज हैदराबादले टस हारेर ब्याटिङको निम्तो पाएको छ ।

याे पनि पढ्नुस  आइपीएलः राजस्थानद्वारा दिल्लीलाई ११६ रनको लक्ष्य

नियमित कप्तान केन विलियम्सन घाइते भएका कारण आज हैदरावादको कप्तान जिम्मेवारी भुवनेश्वर कुमारले पाएका छन् । सनराइजर्समा दिनेश कार्तिक कप्तान छन् । अहिलेसम्म आइपीएलमा कोलकाताले २ र हैदरावादले एक पटक उपाधि जित्न सफल भएका छन् । आजको खेलमा को-कोले पाए मौका? हेर्नुस्–

याे पनि पढ्नुस  सन्दीपको प्रशंसा गर्दै शिखरले भने, ‘उनी नेपाली युवाको प्रेरणा हुन्’

कोलकाताः दिनेश कार्तिक (कप्तान), क्रिस लिन, सुनील नारायण्, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्गूयन र प्रसिद्ध कृष्णा ।

हैदराबादः भुवनेश्वर कुमार (कप्तान), डेविड वार्नर, जोनी बेयरस्टो, मनीष पाण्डे, दीपक हूडा, शकिब अल हसन, विजय शंकर, यूसुफ पठान, राशिद खान, सिद्धार्थ कौल र संदीप शर्मा ।

याे पनि पढ्नुस  आइपिएल: पञ्जाबलाई हराउँदै हैदराबाद उक्लियो दोश्रो स्थानमा

यो वर्षको आइपीएलको पहिलो खेलमा गत संस्करणको विजेता चेन्नई सुपर किंग्सले रोयल च्यानेन्जर्स बैंग्लोरलाई हरायो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले विराट कोहली नेतृत्वको बैंग्लोरलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

कमेन्ट गर्नुहोस्