Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः हैदराबादद्वारा कोलकातालाई १८२ रनको लक्ष्य

काठमाडौं, चैत १० । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरुद्ध सनराइजर्स हैदारावादले १८२ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनायो । उसका लागि डेविड वार्नरले ८५, जोनी बयरिस्टोले ३९, युसुफ पठानले १ रन बनाए । यस्तै, विजय शंकर ४० र मनिष पाण्डे ८ रनमा नटआउट रहे ।

बलिङमा कोलकाताका आन्द्रे रसलले २, पियूष जवालाले एक विकेट लिए । नियमित कप्तान केन विलियम्सन घाइते भएपछि हैदराबादको नेतृत्व उपकप्तान भुवनेश्वर कुमारले सम्हालेका छन् । यस्तै, कोलकातामा दिनेश कार्तिक कप्तान छन् ।  आजको खेलमा कोकोले पाए मौका? हेर्नुस्–

कोलकाताः दिनेश कार्तिक (कप्तान), क्रिस लिन, सुनील नारायाण्, रबिन उथप्पा, शुभमन गिल, नीतिश राणा, आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्गूयन र प्रसिद्ध कृष्णा

हैदराबादः भुवनेश्वर कुमार (कप्तान), डेविड वार्नर, जोनी बेयरस्टो, मनीष पाण्डे, दीपक हूडा, शकिब अल हसन, विजय शंकर, यूसुफ पठान, राशिद खान, सिद्धार्थ कौल र संदीप शर्मा

अहिलेसम्म आइपीएलमा कोलकाताले २ र हैदरावादले एक पटक उपाधि जित्न सफल भएका छन् । यो वर्षको आइपीएलको पहिलो खेलमा गत संस्करणको विजेता चेन्नई सुपर किंग्सले रोयल च्यानेन्जर्स बैंग्लोरलाई हरायो । महेन्द्रसिंह धोनी कप्तान रहेको चेन्नईले विराट कोहली नेतृत्वको बैंग्लोरलाई ७ विकेटले पराजित गर्न सफल भयो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: