पाकिस्तानले दियो अष्ट्रेलियालाई २८५ रनको लक्ष्य, रिजवानको शतक

काठमाडौं, चैत १० । अष्ट्रेलिया विरुद्धको एकदिवसीय सिरिजको दोस्रो खेलमा पाकिस्तानले २८५ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८४ रन बनायो ।

उसका लागि मोहम्मद रिजवानले शतक प्रहार गरे । उनले ११५, कप्तान सोयव मलिकले ६०, हरिस सोहेलले ३४, शन मसूदले १९, फहिम असरफले १४, उमर अकमलले १६ र अमद वसिमले नटआउट १९ रन बनाए ।

बलिङमा जय रिचडसन, नाथन कल्टरले २–२, नाथन लायन, एडम जम्पा र आरोन फिन्चले एक–एक विकेट लिए । यो सिरिज यूएईमा भइरहेको छ । पाँच खेलको सिरिजमा अष्ट्रेलियाले १–० ले अग्रता बनाएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: