Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः सन्दीप आवद्ध दिल्लीद्वारा मुम्बईलाई २१४ रनको लक्ष्य

काठमाडौं, चैत १० । इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत पहिलो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई २१४ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर ब्याटिङको मौका पाएको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१३ रन बनायो ।

उसका लागि कोलिन इन्ग्रामले ४७, शिखर धवनले ४३, कप्तान श्रेयस अय्यरले १६, पृथी शाँले ७, किमो पलले ३, अक्षर पटेलले ४ रन बनाए । यस्तै, ऋषभ पन्त ७८ र राहुल तेबटीया ९ रनमा नटआउट रहे ।

बलिङमा मुम्बईका मिचेल म्यक्लनघनले ३, हार्दिक पाण्ड्या र बेन कटिङ र जसप्रित बुमराहले एक–एक विकट लिए । दिल्लीले पहिलो खेलमा टस हारेर ब्याटिङको मौका पाएको हो । यो टिममा नेपाली लेग स्पिनर सन्दीप लामिछाने पनि आवद्ध छन् । यद्यपि पहिलो खेलमा मौका पाएका छैनन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: