Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शोका लागि आगामी चैत २५ गतेबाट अडिसन सुरु

काठमाडौं, चैत ११ । एन्जल मिडियाको आयोजनामा ‘नेपाल हिरो अफ ट्यालेन्ट’ नामक रियालिटी शो हुने भएको छ ।

गायन नृत्य तथा अन्य प्रतिभालार्इ समेटेर गर्न लागिएको रियालिटी शोको आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी सम्पूर्ण जानकारी गराएको छ । नेपालको विभिन्न स्थानमा लुकेर रहेका प्रतिभालार्इ स्थान दिने गरी ‘नेपाल हिरो अफ ट्यालेन्ट’ गर्न लागिएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । नेपाली प्रतिभालार्इ व्यावसायिकीकरण मात्र नभईकन व्यवस्थापनका साथ संरक्षण गर्न र सबै प्रतिभालाइ मनोरंजनका साथ टेवा पुर्याउने विश्वव्यापी प्रचारप्रसारमा एन्जल मिडिया लागि परेको छ ।

नेपालका सातै प्रदेश र ७७ वटै जिल्लाका प्रतिनिधित्व हुने गरी १४ वटा मुख्य स्थानमा अडिसन गराई १० हजार जनालाई अडिसनमा सहभागी गराइने कार्यक्रममा जानकारी दिइयो । अडिसन बाट छनोट भएकालाई काठमाडौँ बोलाएर जर्ज राउण्ड बाट भोटिंग राउण्डमा प्रवेश गराई भोटिंग राउण्डबाट नै प्रथम द्वितीयको छनोट गरिने छ । प्रथम हुनेलार्इ नगद ७० लाख द्वितीय हुनेलार्इ २० लाख र तृतीय हुने लाइ नगद १० लाख प्रदान गरिने छ ।

कार्यक्रममा गायक आनन्द कार्की, संगीतकार ओमप्रकाश रार्इ र अभिनेत्री एलिना बास्कोटा निर्णायक रहेका छन् ।

कार्यक्रम मेघा टेलिभिजन मार्फत प्रशारण हुनेछ चैत २५ गतेबाट अडिसन सुरु हुने छ । पत्रकार सम्मेलनमा कार्यक्रमको आयोजक प्रेम श्रेष्ठ निर्णायक आनन्द कार्की, निर्णायक एलिना बास्कोटा, मेघा टेलिभिजनका प्रतिनिधिले आआफ्नो मन्तब्य राखेका थिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: