Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

सिंहदरबारमा अपरान्ह ३ बजे संवैधानिक परिषदको बैठक बस्दै

काठमाडौं, चैत ११ । निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति सम्बन्धमा छलफल गर्न संवैधानिक परिषद्को बैठक सोमबार बस्दै छ । बैठक सिंहदरबारमा अपरान्ह ३ बजेपछि बस्ने छ ।

८ मध्ये ५ आयोगमा अध्यक्ष नियुक्त भएपनि थप ३ आयोगमा नियुक्ति हुन बाँकी छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय समावेशी आयोग, थारु आयोग, मुस्लिम आयोग र मधेशी आयोगमा अध्यक्ष नियुक्त भएपनि संवैधानिक व्यवस्था अनुसार नयाँ गठन भएका राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग र आदिवासी जनजाती आयोगमा भने अध्यक्ष नियुक्त हुन बाँकी छ ।

यस्तै, बैठकमा निर्वाचन आयोगको प्रमुख आयुक्तबारे समेत छलफल हुने छ । प्रमुख आयुक्त अयोधीप्रसाद यादव र आयुक्त इला शर्माको ६ वर्षे कार्यकाल आइतबार सकिएको थियो । आफ्नो उपस्थितिबिना नै परिषदले विभिन्न ५ आयोगको अध्यक्षमा सिफारिस निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्ष कांग्रेसले सदनमा समेत विरोध गरेको थियो । सोमबारको परिषद बैठकमा कांग्रेसले सोबारे समेत धारणा माग्ने तयारी गरेको छ । कान्तिपुरदैनिकबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: