Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

कामदार लैजाने विषयमा आज नेपाल–जापानबीच समझदारीमा हस्ताक्षर हुँदै

काठमाडौं, चैत ११ । नेपाल र जापानबीच नेपाली कामदार लैजाने भन्ने विषयमा आज श्रमिक आपूर्ति सम्बन्धी सहकार्यको समझदारी (एमओसी) मा हस्ताक्षर हुँदैछ ।

काठमाडौंमा एक कार्यक्रमकाबीच नेपाल र जापानबीच हस्ताक्षर हुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल र नेपालका लागि जापानका राजदूत मासामिची साइगोले हस्ताक्षर गर्ने मन्त्रालयले जनाएको छ ।

सन् १९९३ यता जापानले नेपालसहित विभिन्न १५ देशबाट अन्तर्राष्ट्रिय तालिम सहयोग निकाय ९जिट्को० सम्झौता अन्तर्गत तालिमसँगै रोजगारी दिने गरी प्रशिक्षार्थी कामदार लैजाँदै आएको थियो । त्यसैअनुसार आर्थिक वर्ष ०६४र ०६५ देखि नेपाली कामदार जापान जान सुरु भएको हो ।

जापान सरकारले आउँदो अप्रिल १ तारिखदेखि विभिन्न ९ देशबाट कामदार लैजाने घोषणा गरेको थियो । त्यसैअनुसार अप्रिल १ तारिखदेखि नै कार्यान्वयनमा आउने गरी नेपाल र जापानबीच एमओसीमा हस्ताक्षर हुन लागेको हो ।

यो समझदारीले नेपाली कामदार जापान जाने सबै प्रक्रिया भने टुंगिन बाँकी नै रहेको पनि मन्त्रालयले जनाएको छ । जापान सरकारी संयन्त्रबाटै कामदार पठाउने विषयमा भने सहमत भइसकेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: