Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

चलचित्र ‘छपाक’ मा दीपिकाको फस्टलुक पोष्टर सार्वजनिक

मुम्बई, चैत ११ । मेघना गुलजारको निर्देशनमा बन्न लागेको बलिउड चलचित्र ‘छपाक’ को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेत्री दीपिका पादुकोण प्रस्तुत छिन् ।

यो चलचित्रमा उनी एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको रोलमा देखिने छिन् । दीपिकाको लुक्सले धेरैलाई निःशब्द बनाएको छ । ‘छपाक’मा दीपिकाले आफ्नो करिअरको सबैभन्दा चुनौतिपूर्ण भूमिका निभाउन लागेको बताएकी छन् ।

चलचित्रमा उनको चरित्रको नाम ‘मालती’ छ । सार्वजनिक पोस्टरमा दीपिकालाई सजिलै चिन्न गाह्रो हुन्छ । उनी हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छन् । पोस्टरमा उनी एक शिशाको अगाडि उभिएकी छन् ।

चलचित्र ‘छपाक’ १० जनवरी २०२० मा रिलिज हुने छ । दीपिकाको यो फिल्मलाई अहिलेदेखि नै सुपरहिट भन्न थालिएको छ । फ्यानमात्र नभएर उनको लुक्सले बलिउड सेलिब्रेटीलाई समेत हैरान बनाएको छ । वरुण धवन र ज्याकलीन फर्नान्डिजले उनको लुक्स मन पराएका छन् ।

‘छपाक’ एसिड अट्याक सर्भाइभर लक्ष्मी अग्रवालको जिन्दगीमा बेस्ट छ । लक्ष्मीमाथि सन् २००५ मा एक व्यक्तिले एसिड फ्याकेका थिए । उनीमाथि यो हमाला यसकारण भएको थियो कि, उनले उक्त व्यक्तिसँग विवाहको प्रपोजल नकारेकी थिइन् । एसिड आक्रामण भएपछि लक्ष्मीको अनुहार पूरै खराब भएको थियो ।

‘छपाक’ मा विक्रान्त मेसीको पनि प्रमुख भूमिका रहने छ । यो फिल्ममा दीपिका अभिनेत्रीसँगै निर्मात्रीको रुपमा पनि छिन् । गएको केही महिनादेखि फिल्मको पूरा टिम स्क्रिप्ट अध्ययनमा व्यस्त थियो । गतवर्ष अभिनेता रणवीर सिंहसँग विवाह गरेकी दीपिकाको पछिल्लो चलचित्र ‘पद्मावत’ हो ।

एजेन्सी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: