५ बलमा ५ छक्का प्रहार गर्ने कमलको आज पनि कमाल, भारतले दियो २२९ रनको लक्ष्य

काठमाडौं, चैत ११ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोलीलाई त्यहाँको आन्ध्र प्रदेश क्रिकेट टिमले २२९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पहिला ब्याटिङको मौका पाएको आन्ध्रले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो । उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए ।

बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए । यसअघि, २ खेलमध्ये दुबै टिमले एकएक खेल जितेका छन् ।

कमेन्ट गर्नुहोस्