Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मेयर रेणु दाहालद्वारा भरतपुरमा ‘निर्माण सामग्री प्रयोगशाला’ उद्घाटन

चितवन, चैत ११ । भरतपुर महानगरपालिकामा रहेको निर्माण सामग्री प्रयोगशाला (ल्याब)को सोमबार उद्घाटन गरिएको छ ।

भरतपुर महानरगर प्रमुख रेणु दाहालले प्रयोगशाला उद्घाटन गरेकी हुन् । विकास निर्माणका कामहरुलाई प्रभावकारी, गुणस्तरीय र दिगो बनाउनका लागि निर्माण सामग्रीहरुको गुणस्तर परीक्षणका लागि आफ्नै प्रयोगशाला निर्माण गरेको प्रमुख दाहालले बताइन् । विकास र गुणस्तरलाई सँगसँगै लैजान चाहेको बताउँदै प्रमुख दाहालले भरतपुर महानगरपालिकाको प्राथमिकता निर्माणमात्र नभई गुणस्तर कायम गर्नुपनि भएको बताइन् ।

यस प्रयोशालाबाट प्रवाह हुने सेवाको भरपुर उपयोग गर्न महानगरवासीलाई उनले आग्रह गरे । प्रमुख दाहालले तोकिएको मापदण्डभित्र रहेर गुणस्तर परीक्षण नगरी निर्माण गर्ने निर्माण व्यावसायी, प्राविधिक कर्मचारी तथा जनप्रतिनिधिलाई समेत नछाडिने चेतावनी दिए । भरतपुर महानगरपालिकाले पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राखी काम गरिरहेको बताउँदै उनले तोकिएको काम नगर्नेहरूलाई कारबाहीको प्रकृया अगाडि बढाइएको बताइन् । गुणस्तर कायम गर्नका लागि प्रयोगशाला स्थापना गरिएको महानगर प्रमुख दाहालको भनाइ छ ।

भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीले गुणस्तर परीक्षण प्रयोगशाला भरतपुर महानगरपालिकाको पूर्वाधार विकासमा गुणस्तर कायम गर्न सहयोगी हुने विश्वास व्यक्त गरेकी छन् । उनले आफू अनुगमन समितिको संयोजक समेत भएको बताउँदै यस प्रयोगशालाबाट सम्पूर्ण नगरवासीहरुले लाभ लिन आग्रह गरेकी । विकास निर्माणको गुणस्तर वृद्धिमा आम जनसमुदायको निगरानी र खबरदारी रहनु पर्ने उनको धारणा छ ।

भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदी (प्रयास)ले सञ्चालित प्रयोगशालालाई चाहिने आवश्यक औजार उपकरणहरु थप्दै व्यवस्थित बनाउँदै लगिने बताइन् । प्रयोगशालाको सञ्चालनले महानगरपालिकाको विकास निर्माण गुणस्तरीय हुने विश्वास व्यक्त गरेकी छन् ।

भरतपुर महानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरुण पीडित भण्डारीले जसरी मानिस, पशु आदिको स्वास्थ्य परीक्षण गरिन्छ, त्यसरी नै विकास निर्माणको पनि नियमित परीक्षण गर्नुपर्ने बताउँदै त्यसैका लागि प्रयोगशाला सञ्चालनमा ल्याइएको बताइन् । वडा नं.८ का अध्यक्ष तथा पूर्वाधार विकास समितिका संयोजक दामोदर न्यौपानेले प्रयोगशाला सञ्चालनले विकास निर्माणमा थप गुणस्तर कायम गर्न सकिने बताएकी छन् ।

भरतपुर महानगरपालिकाका इन्जिनियर तथा ल्याब इन्चार्ज सूर्यप्रकाश लामाले प्रयोगशालाले दिने सेवा सुविधाका बारेमा जानकारी गराएकी थिए । यस प्रयोगशालामा निर्माण सामग्रीहरु रड, सिमेन्ट, गिटी, बालुवा, बिटुमिन, रंग तथा निर्माण भएका भवन, सडक, पुलपुलेसा तथा अन्य संरचनाहरुको गुणस्तर परीक्षण गरिने उनले बताइन् ।

इन्जिनियर लामाले आउँदा दिनहरूमा यो प्रयोगशाला स्थापनासँगै निर्माण कार्य अझै गुणस्तरीय हुने विश्वास व्यक्त गरेकी छन् । महानगरपालिकाका विकास निर्माणका अलवा नगरवासीहरूले आफ्ना निर्माण सामग्रीहरुको समेत सशुल्क परीक्षण गर्न पाउने उनले जानकारी गराइन् ।

प्रयोगशालाको सञ्चालनसँगै गुणस्तरहीन निर्माण सामग्रीबाट उपभोक्ता ठगिने क्रम रोकिने विश्वास गरिएको छ । प्रयोगशाला भरतपुर महानगरपालिका वडा नं.५ को साविक १४ नम्बर वडा कार्यालयको भवनमा संचालनमा आएको छ । वडा नं.५ का अध्यक्ष पदमपाणी सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा महानगरपालिकाका प्राविधिक, राजनितिक दलका स्थानीय प्रतिनिधि, टोल सुधार समिति, आमा समूह लगायत स्थानीयको सहभगिता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: