महिला कैदीबन्दीका लागि ब्यूटीपार्लर तालिम

धनगढी, चैत ११ । जिल्ला कारागार शाखा कैलालीका महिला कैदीवन्दीका लागि सोमबारदेखि ब्यूटीपार्लर तालिम सुरु गरिएको छ ।

धनगढी उप–महानगरपालिकाको सहयोगमा सुनौलो भबिष्य नेपालले ३ महिने ब्यूटीपार्लर तालिम सुरु गरेको हो । तालिमको धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले औपचारिक उद्घाटन गरेका हुन् । उद्घाटनमा बोल्दै नगरप्रमुख वडले कानुन हातमा लिएका कारण कुनैपनि ब्यक्तिले सजाय भोग्नुपर्ने अवस्था आउने बताए । यहाँबाट निस्केपछि समाजमा असल काम गरेर देखाउनु होस नगरप्रमुख वडले भने, त्यसका लागि नै उप–महानगरपालिकाले ब्यूटीपार्लर तालिमको आयोजना गरेको हो ।

नगरप्रमुख वडले बेरोजगारी र अभावका कारण समेत अपराध बढीरहेको बताए । कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले यस ब्यूटीपार्लर तालिमलाई अवसरको रुपमा लिन कैदीबन्दीहरुलाई आग्रह गरे । तपाईहरु तालिममा राम्रो संग सिप सिक्नु होस प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भने, ‘यसले तपाईलाई आत्मनिर्भर बनाउँछ ।

सुनौलो भविष्य नेपालका अध्यक्ष तुलसी देवकोटाले तालिममा बढीभन्दा बढी समय दिन सहभागीहरुसँंग आग्रह गरिन् । देवकोटाका अनुसार तालिममा जिल्ला कारागार शाखा कैलालीमा रहेका २४ जना कैलीवन्दी सहभागि रहेका छन् । ३४ जना महिला कैदीवन्दी रहेकोमा १० जनाको जेलको म्याद छोटो भएकाले सहभागि गराउन नसकिएको बताईन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: