भारतविरुद्ध कप्तान रोहितको शानदार अर्धशतक

काठमाडौं, चैत ११ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीमा रहेको यू १९ क्रिकेट टिमका कप्तान रोशित कुमार पौडेलले भारतको आन्ध्र प्रदेश क्रिकेट टिमविरुद्ध अर्धशतक प्रहार गरेका छन् । उनले ४० बलमा अर्धशतक प्रहार गरेका हुन् ।

यो समाचार तयार पार्दासमम नेपालले ३२ ओभरमा ४ विकेट गुमाएर १६८ रन बनाएको छ । अहिले क्रिजमा रोहित ७० र भि सार्कीले ३५ रन बनाएर खेलिरहेका छन् । यसअघि, आन्ध्रको टिमले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो ।

उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए । यसअघि, २ खेलमध्ये दुबै टिमले एकएक खेल जितेका छन् ।

कमेन्ट गर्नुहोस्