भारतविरुद्ध नेपाल १ विकेटले विजयी, कमल–रोहितको शानदार प्रदर्शन

काठमाडौं, चैत ११ । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि भारतमा रहेको नेपाली टोली आन्ध्र प्रदेश क्रिकेट टिमविरुद्धको तेस्रो खेलमा १ विकेटले विजयी भएको छ ।

आन्ध्रले दिएको २२९ रनको लक्ष्य पछ्याएको नेपालले ४७.३ ओभरमा ९ विकेट गुमाउँदै पूरा गर्यो । नेपालका लागि कप्तान रोहित पौडेलले ७१, भिम सार्कीले ४९, सन्दीप जोराले १९, कुसल मल्लले १३ रन बनाए । यसअघि, पहिला ब्याटिङको मौका पाएको आन्ध्रले ४९.१ ओभरमा सबै विकेट गुमाउँदै २२८ रन बनायो ।

उसका लागि बी योगानन्दले ५९, नितीस कुमारले ५१, पी सुबरमन्यमले ४५ रन बनाए । बलिङमा नेपालका कमलसिंह ऐरीले ४, पवन श्राफले ३, सागर ढकाल, राशिद खान र प्रतिस जिसीले एकएक विकेट लिए ।

कमेन्ट गर्नुहोस्