सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर विस्फोट, २ जनाको मृत्यु

सिन्धुपाल्चोक, चैत ११ । खाना पकाउने ग्यास सिलिन्डर विस्फोटमा परेर सिन्धुपाल्चोकमा दुई जनाको ज्यान गएको छ । सोमबार दिउँसो जिल्लाको भोटेकोसी गाउँपालिका ४ मा ग्यास सिलिन्डर विस्फोट हुँदा दुईजनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा शिवश्री हाईड्रोपावरका कामदार रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

दिउँसो सवा ४ बजेतिर कामदारले भान्सामा खाजा पकाउने क्रममा ग्याँस सिलिन्डर विस्फोट भएको हो। मृतक मध्ये हुम्लाका सन्दुक लामा र दोलखाका भाईकाजी शेर्पाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

अहिले घटनास्थलमा प्रहरी निरीक्षक यादव थापा क्षत्रीको टोली गएको र थप विवरण आइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: