Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

खानेपानी मन्त्री थारु पहिरनमाः भन्छिन्, ‘मौलिक भेषभुषालाई माया गरौं’

कञ्चनपुर, चैत ११ । कञ्चनपुरको लालझाडी गाउँपालिकाले आयोजना गरेको राना थारूहरुको होली मिलन कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी भएकी खानेपानी मन्त्री बिना मगरले लगाएको पहिरन देख्दा धेरै जना अचम्मित परे ।

खानेपानी मन्त्रीको यो पहिरनमा राना थारुहरुको संस्कृति र पहिचान झल्किएको देखिन्थ्यो । अल्पसंख्यक राना थारू समुदायको कला संस्कृति र भेषभुषाको जगेर्ना गर्न आफुले पहिरन लगाएको स्पष्ट पारिन् । देशभर रहेका यस्ता थुप्रै अल्पसंख्यक जातजातिको कला संस्कृति र पहिचानको संरक्षण गर्नु राज्यको दायित्व भएको उनको भनाइ थियो ।

कार्यक्रम होली मिलन समारोहमा सहभागी भएपछि खानेपानी मन्त्री मगरले राना थारु होम स्टे र उधान (गार्डेन) को शिलान्यास समेत गरेकी थिइन् । कला संस्कृतिको मात्रै जगेर्ना नभई होम स्टेबाट स्थानीय समुदायको आय आर्जन पनि वृद्धि हुने मन्त्री मगरको भनाइ छ । खानेपानी मन्त्री मगरले कञ्चनपुर जिल्लाको हरेक क्षेत्रको विकास निर्माणमा आफू लागिरहेको बताए । बाटो घाटो, पुल पुलेसा देखि खानेपानी लगायत पूर्वाधार संरचनाको हरेक क्षेत्रमा आफ्नो ध्यान केन्द्रित रहेको उनले स्पष्ट पारिन् ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: