Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

शनिबार विप्लव नेकपाको बन्द

काठमाडौं, चैत १२ । नेत्रविक्रम चन्द नेतृत्वको अनौपचारिक राजनीतिक दल नेपाल कम्युनिष्ट पार्टीले आउँदो चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरेको छ । पार्टीका क्रियाकलापमाथि सरकारले प्रतिबन्ध लगाएपछि सोको विरोधमा चरणवद्ध आन्दोलनको घोषणा पनि गरेको छ । नेकपाद्वारा जारी विज्ञप्तिअनुसार चैत १३ गते चोक जुलुस, १४ गते कोणसभा, १५ गते मशाल जुलुस र चैत १६ गते शनिबार नेपाल बन्दको आह्वान गरिएको छ ।

पार्टीले चैत १९ गते देशभर अन्तरक्रिया गर्ने, २१ गते जनवर्गीय संगठनहरुको विरोध प्रदर्शन, २२ र २३ गते कालो झण्डा प्रदर्शन गरिने छ भने २४ गते देशभर जनसभाको आयोजना हुने पार्टीका महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।लजारी एसइइ परीक्षालाई प्रभाव नपरोस भनेर शनिबार नेपाल बन्दको कार्यक्रम राखिएको उल्लेख गरिएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: