हुम्लामा हिमपात, एसईई परीक्षार्थीलाई समस्या

हुम्ला, चैत १२ । यहाँ चैतको दोस्रो साता पुनः हिमपात भएको छ । जिल्लामा पुस, माघ, फागुनमा लगातार हिमपात भएको थियो । चैतको दोस्रो साता हिमपात हुँदा एसईई परीक्षार्थीलाई समस्या भएको छ । हिमपातले सदरमुकाममा रहेका दुई परीक्षा केन्द्रका परीक्षार्थीलाई बढी समस्या भएको मानसरोवर मावि परीक्षा केन्द्रका केन्द्रध्यक्ष अमरबहादुर शाहीले बताए। जिल्लामा सोमबार दिनभरि पानी परेको थियो भने आज बिहानदेखि हिमपात सुरु भएको छ।

चैत १० गतेबाट सञ्चालन भएको एसईई परीक्षा दिने परीक्षार्थीलाई हिमपात हुँदा चिसो बढेको छ भने चिसोले गर्दा लेख्न समस्या बनाएको छ। सोमबार बिहानदेखि मौसम बदलिएसँगैमंगलबार बिहानबाट हिमपात भएको छ। जिल्लाको बेँसीतिर पानी परिरहेको छ। उत्तरी नाम्खा गाउँपालिकामा बढी हिमपात भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। रासस

कमेन्ट गर्नुहोस्

%d bloggers like this: