कांग्रेसका पूर्व महामन्त्री सिटौला अस्पतालबाट डिस्चार्ज, स्वास्थ्यमा सुधार

काठमाडौं, चैत १२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई अस्पतालले डिस्चार्ज गरेको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि धुम्बराहीस्थित ह्याम्स अस्पतालले उनलाई मंगलबार बिहान डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा देखिएको समस्या उपचार पश्चात निको भएपछि नेता सिटौलालाई अस्पतालले घर फिर्ता पठाएको उनका निजी सचिव किरण सिटौलालले जानकारी दिए ।

रगतमा हेमोग्लोविनको मात्रामा कमी देखिएपछि नेता सिटौलालाई गत शुक्रबार अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आईसियूमा राखेर उपचार गरिएकोे थियो ।

नेता सिटौलाको स्वास्थ्य लाभको कामना गर्दै शुभेच्छुकहरुले गत आइतबार उनी उपचारत अस्पतालमै रक्तदान गरेका थिए । ‘दुःख बाँडौं, सुख साटौं’ नारा दिएर आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय सात जनाले रक्तदान गरेका थिए । ब्राह्रखरीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: