Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

बिहानैदेखि राजधानीमा मौसम बदली, मेघ गर्जनसहितको वर्षा

काठमाडौं, चैत १२ । मंगलबार बिहानदेखि राजधानीको मौसममा बदली देखिएको छ । बिहान करिब ५ बजेतिर मेघ गर्जनसहित वर्षा भएकोमा अहिले छिटपुट वर्षा भइरहेको छ ।

मौसमविद् बरुण पौड्यालका अनुसार पश्चिमी वायुका कारण मौसममा गडबडी भएको हो ।
पश्चिमी वायु देशको पश्चिमी भूभागबाट मध्य भाग हुँदै पूर्वतिर गइरहेको बताउँदै बुधबारसम्ममा पश्चिमी र मध्य भागमा सुधार हुने र विहीबारदेखि देशका सबै भूभागमा मौसम सुधार हुने मौसमविद् पौड्यालले जानकारी दिए ।

जलवायु तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा देशका अधिकांश स्थानहरूमा आज दिउँसो सामान्यदेखि पूर्ण बदली रहने तथा केही स्थानहरुमा मेघ गर्जनसहितको हल्का वर्षाको संभावना रहेको छ । उच्च पहाडी र हिमाली क्षेत्रहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै, राति देशको मध्य र पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रहने तथा पश्चिमी भूभागहरुमा आंशिक बदली हुने महाशाखाले जनाएको छ । मध्य र पुर्वीपहाडी भेगका केही स्थानहरुमा मेघ गर्जनसहितको छिटपुट देखि हल्का वर्षाको संभावना रहेको जनाइएको छ ।
भोलि बुधबार दिउँसो देशको पूर्वी भूभागमा र अन्य पहाडी भूभागहरुमा आंशिक बदली हुनुका साथै बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ । पूर्वी भेगका केही स्थानहरुमा मेघ गर्जन सहितको छिटपुट वर्षाको संभावना रहेको जनाइएको छ ।

त्यस्तै भोलि राति पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागहरुको मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

विहीबार पनि पहाडी भूभागहरुमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सफा रहने महाशाखाले जनाएको छ । बाह्रखरीबाट

कमेन्ट गर्नुहोस्

%d bloggers like this: