नेपालद्वारा भारतलाई २२२ को लक्ष्य, कुसलकाे ४८ रन

काठमाडौं, चैत १२ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिम विरुद्ध नेपाली यू-१९ क्रिकेट टोलीले चौथो खेलमा २२२ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिला ब्याटिङको गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो ।

नेपालका लागि कुसल मल्लले सर्बाधिक नटआउट ४८, राशिद खानले ४१, पवन सराफले ३२, कप्तान रोहित पौडेल, भिम सर्कीले १८—१८, रित गौतमले १५, लोकेश बमले १२, कमल ऐरीले ८, आशिफ शेखले ५, अविशेक बसन्तले १ रन बनाए । बलिङमा जे. दुर्गाकुमार, भी. कार्तिक रेड्डी, एम माधवले दुईदुई र पी. सपरमन्युमले एक विकेट लिए

याे पनि पढ्नुस  नेपाली क्रिकेट टिमलार्इ अर्को ठूलो मौका, भारतले बोलायो वान-डे खेल्न !

आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो । यसअघि, पहिलो र तेस्रो खेल जितेको नेपाल आजको खेल पनि आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ मैदान प्रवेश गरेको छ ।

कमेन्ट गर्नुहोस्