भारतविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौं, चैत १२ । भारतको आन्ध्र प्रदेश क्रिकेट टिमसँगको चौथो खेलमा पनि नेपाल विजयी भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य पछ्याएको आन्ध्रले निर्धारित ४९.४ ओभरमा सबै विकेट गुमाउँदै २१२ रन मात्र बनाउन सक्यो ।

उसका लागि नितीस कुमारले सर्बाधिक ७५ रन बनाए । बलिङमा नेपालका भीम सार्की, कुसल मल्ल, पवन सराफले दुई–दुई, कमलसिंह ऐरी, सागर ढकाल र राशिद खानले एक–एक विकेट लिए । यसअघि, पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २२१ रन बनायो ।

याे पनि पढ्नुस  भारत विरुद्धको छैठौं खेलमा नेपाल ब्याटिङ गर्दै

नेपालका लागि कुसल मल्लले सर्बाधिक नटआउट ४८, राशिद खानले ४१, पवन सराफले ३२, कप्तान रोहित पौडेल, भिम सर्कीले १८—१८, रित गौतमले १५, लोकेश बमले १२, कमल ऐरीले ८, आशिफ शेखले ५, अविशेक बसन्तले १ रन बनाए ।

बलिङमा जे. दुर्गाकुमार, भी. कार्तिक रेड्डी, एम. माधवले दुईदुई र पी. सपरमन्युमले एक विकेट लिए । आउँदो यू–१९ विश्वकप क्रिकेटको एसियाली छनोटको तयारीका लागि नेपाली टिम आन्ध्र प्रदेश क्रिकेट टिमसँग अभ्यास खेल खेलिरहेको हो ।

कमेन्ट गर्नुहोस्