उपप्रधानमन्त्री पोखरेल अमेरिका प्रस्थान

काठमाडौं, चैत १२ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षासम्बन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त राज्य अमेरिका प्रस्थान गरेका छन् ।

राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्याइरहेको योगदानलाई अन्तर्राष्ट्रिय जगतमा उजागर गर्दै शान्ति स्थापना कार्यलाई आगामी दिनमा थप प्रभावकारी र परिणाममुखी बनाउन आफ्नो तर्फबाट पु¥याउन सक्ने योगदानबारे नेपाल सरकारको धारणा प्रस्तुत गर्न उनी त्यसतर्फ गएका हुन् ।

याे पनि पढ्नुस  उपप्रधानमन्त्री पोखरेल भन्छन्, ‘सरकारले पाँच वर्षभित्रै कायापलट गरेर देखाउँछ’

उपप्रधानमन्त्री पोखरेलले यही चैत १५ गते राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने सम्मेलनमा सम्बोधन गर्ने कार्यक्रम छ । हाल विश्वका विभिन्न ११ देशका १२ वटा मिसनमा नेपाली सैनिकहरु शान्ति स्थापनार्थ कार्यरत छन् ।

भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुसँग छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

याे पनि पढ्नुस  कानून र संरचना व्यवस्था नहुँदा काम गर्न समस्याः उपप्रधानमन्त्री पोखरेल

अमेरिकामा रहेका आप्रवासी नेपाली समुदाय, उद्यमी व्यवसायी तथा लगानीकर्तासँग समेत अन्तक्र्रिया गरी उपप्रधानमन्त्री पोखरेल यही चैत २० गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको उनका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्