Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः दिल्लीले दियो चेन्नइलाई १४८ रनको लक्ष्य, शिखरको अर्धशतक

काठमाडौं, चैत १२ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स विरुद्धको खेलमा  दिल्ली क्यापिटल्सले १४८ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर ब्याटिङ रोजेको दिल्लीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४७ रन बनायो ।

उसका लागि शिखर धवनले सर्बाधिक ५१ ऋषभ पन्तले २५, पृथ्वी शाँले २४, कप्तान श्रेयस अय्यरले १८, कोलिन इन्ग्रामले २ रन बनाए । बलिङमा चेन्नईका डीजे ब्राबोले ३, दीपक चहर, इमरान ताहिर र रविन्द जडेजाले एक–एक विकेट लिए । केही बेरमा चेन्नईले जवाफी ब्याटिङ गर्ने छ ।

चेन्नई विरुद्धको खेलमा पनि नेपाली लेग स्पिनर सन्दीप लामिछानेले स्थान पाउन असफल भएका छन् । आज दिल्लीले ३ जना मात्र विदेशी खेलाडी मैदानमा उत्रारेको छ । उसले चेन्नई विरुद्धको खेलमा ट्रन्ट बोल्टको स्थानमा अमित मिश्रालाई मौका दिएको । यता धोनीको चेन्नईमा भने अघिल्लो खेलमा स्थान पाएका सबै छन् ।

चेन्नईमा महेन्द्रसिंह धोनी र दिल्लीमा श्रेयस अय्यर कप्तान छन् । यी दुवै टिमले एक–एक खेल जितिसकेका छन् । धोनी नेतृत्वको चेन्नईले विराट कोहलीको बैंग्लर र श्रेयस कप्तान रहेको दिल्लीले रोहित शर्माको मुम्बईलाई पहिलो खेलमा पराजित गरि सकेका हुन् । दिल्ली–चेन्नईबीचको यो खेल दिल्लीको ‘होम ग्राउण्ड’ मा भइरहेको छ ।

१२औं संस्करणसम्म आइसक्दा चेन्नईले ३ पटक उपाधि जित्दा दिल्ली भने फाइनलसम्म समेत प्रवेश गर्न सकेको छैन । यी दुई टिमबीचको विगत ५ खेललाई हेर्ने हो भने ३ मा चेन्नई र २ खेलमा दिल्लीले विजयी हासिल गरेका छन् । गत संस्करणको आइपीएल दिल्ली विरुद्धको अन्तिम खेलमा चेन्नई ३४ रनले पराजित भएको थियो ।

यो पटक पनि दिल्लीलाई पराजित गर्दै आफ्नो पराजय यात्रा कायम राख्न चाहन्छ । धेरै क्रिकेट विश्लेषकले आजको खेल दिल्लीले जित्ने सम्भावना अत्यधिक रहेको बताएका छन् । उनीहरुले दिल्लीले जित्ने आधारमा मुम्बईसँगको उत्कृष्ट प्रदर्शन, होम ग्राउण्डको साथ र गत वर्षको अन्तिम खेलमा पाएको सफलतालाई केलाएका छन् ।

यद्यपि, चेन्नईविरुद्ध जित निकाल्न दिल्लीलाई त्यति सजिलो छैन । उसले पहिलो खेलमा बैंग्लोरलाई ७० रनमै समेटेको थियो । यसकारण चेन्नईमा आत्मविश्वास अत्यधिक छ । र, धोनीको यो टिम गत वर्षको आइपीएल उपाधि विजेता पनि हो ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: