Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फर्मिनो र जिससको उत्कृष्ट प्रदर्शन, ब्राजिलको शानदार जित

एजेन्सी । ब्राजिलले बुधबार विहान खेलिएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा चेक गणतन्त्रमाथि ३—१ गोलको सजिलो जित हासिल गरेको छ। इङ्लिस प्रिमियर लिगमा जमेका दुई अनुभवी खेलाडी रोबर्टो फर्मिनो र ग्याब्रियल जिसस ब्राजिलका लागि नायक बने। चेक गणतन्त्रको घरेलु मैदानमा खेलिएको उक्त खेलमा ब्राजिलका लागि जिससले दुई र फर्मिनोले एक गोलको योगदान गरे। खेलमा अग्रता भने चेक गणतन्त्रले लिएको थियो। खेल सुरु भएको ३७औं मिनेटमा चेक गणतन्त्रका लागि डेभिड पाभेल्काले पहिलो गोल गरेका थिए । 

पाभेल्काको सोही गोलका कारण पहिलो हाफमा चेक गणतन्त्र अगाडि रह्यो। खेलको ४९औं मिनेटमा फर्मिनोले जवाफी गोल फर्काउँदै ब्राजिललाई १—१ को बराबरीमा पु¥याए। फर्मिनो इङ्लिस क्लब लिभरपुलबाट ब्यवसायिक फुटबल खेल्छन्। त्यपछि खेलको अन्त्यतिर आठ मिनेटको बीचमा लगातार दुई गोल थप्दै जिससले पाँचपटकको विश्वकप विजेता ब्राजिललाई जित दिलाए। ८३औं मिनेटमा ब्यक्तिगत पहिलो गोल गरेका जिससले ९०औं मिनेटमा अर्को गोल थपेका थिए। जिसस अर्को इङ्लिस क्लब म्यानचेस्टर सिटीबाट ब्यवसायिक फुटबल खेल्छन्।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: