Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

फेरि घट्यो सुनको भाऊ

काठमाडौं, चैत १३ । साताको चौथो दिन बुधबार सुनको कारोबारमा सुनको मूल्य फेरि एक सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुन प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, मंगलबार तेजावी सुन ६० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो भने आज फेरि घटेर सुन प्रतितोला ६० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

साथै, केही सातादेखि चाँदीमा भने कुनै परिवर्तन आएको छैन ।

बुधबार पनि चाँदी प्रतितोला ७ सय ४० रुपैयाँमै कारोबार भइरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: