सार्वजनिक स्थलमा पर्यटकलाई खानेपानीको व्यवस्था

पाल्पा, चैत १३ । ‘एक घर, एक धारा’ जडानको अभियान सञ्चालनपछि सार्वजनिक स्थलमा खानेपानी समस्या खेप्न बाध्य भएका पर्यटकका लागि नेपाली सेनाले जिल्ला सदरमुकाम तानसेनमा सार्वजनिक धारा निर्माण गरेको छ ।

गोरखदल गणले करीब दुई महीनामा दुई हजार लिटर क्षमताको खानेपानी ट्यांकी निर्माण गरेको हो।

नेपाली सेनाको तानसेनस्थित गोरखदल गणले तानसेनस्थित पाल्पा दरबार संग्रहालयनजिकै र सेनाले टुँडिखेलमा ठूलो क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेसँगै मिनरल बोतलको महङ्गो पानी किनेर पिउनुपर्ने बाध्यता हटेको हो ।

याे पनि पढ्नुस  अवरुद्ध बाटो चार महिनापछि सञ्चालन

पाल्पाको तानसेन पर्यटकीय नगरीका रूपमा रहेकाले पर्यटकको आवतजावत भइरहने गर्दछ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी नेपाली सेनाले दुई हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण गरेपछि खानेपानीका लागि सहज भएको हो ।

गोरख दल गणका गणपति सुरज थापाले खानेपानी ट्याङ्की उद्घाटन गर्दै ट्याङ्की निर्माणले सेना र नागरिकबीचको सम्बन्धलाई अझै सुमधुर बनाउन र पाल्पा घुम्न आउने पर्यटकलाई फाइदा पुग्ने बताए।

तत्कालीन पाल्पाका तैनाथवाला प्रतापशम्शेर जबराको पालामा बनेको कलधारालाई जीर्णोद्धार गरी पर्यटक र सर्वसाधारणलाई पिउने पानीको सहज व्यवास्था भएसँगै स्थानीय बासिन्दा हर्षित भएका छन् । सेनाले तानसेनस्थित टुँडिखेलमा पनि एक वर्षअघि नै यस्तै प्रकारको खानेपानी ट्याङ्की निर्माण सम्पन्नपछि त्यस क्षेत्रमा आवतजावत गर्ने पैदलयात्रुलाई खानेपानी सहज भएको स्थानीय बासिन्दा डिलबहादुर रानाले बताए ।

याे पनि पढ्नुस  पाल्पा लोक आइडलमा धनमाया विजयी

अध्यक्ष र व्यवस्थापकलाई सहकारी शिक्षा

तिनाउ गाउँपालिका क्षेत्रभित्रका सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि सहकारी शिक्षा, ऐन, नियम र विनियमसम्बन्धी तीनदिने तालीम सम्पन्न भएको छ ।

तिनाउ गाउँपालिका सहकारी समन्वय समितिको आयोजना र तिनाउ गाउँपालिकाको आर्थिक व्यवस्थापनमा सञ्चालित तालीममा गाउँपालिका क्षेत्रभित्रका २० सहकारीका अध्यक्ष र व्यवस्थापकका लागि स्थानीय सहकारी ऐन, नियम र विनियमसम्बन्धी सहजीकरण गरिएको हो ।

याे पनि पढ्नुस  पाल्पामा जीप दुर्घटना, ४ जनाको घटनास्थलमै मृत्यु

स्थानीय सरकारको सहकारी ऐन नियम तथा विनियम, सहकारीको सिद्धान्त, मूल्य मान्यता, नीति नियम, कार्यविधि तथा प्रविधि लगायतका विषयमा तालीममा छलफल केन्द्रित भएको सहकारी समन्वय समितिका सचिव सचिव गोपाल जिसीले बताए ।

तालीम समापनका अवसरमा गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले गाउँमा छरिएर रहेको पूँजीलाई एकीकृत गरी ग्रामीण अर्थतन्त्रलाई सुदृढ गर्न आवश्यक रहेको बताए । रासस

कमेन्ट गर्नुहोस्