Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो अभियान सुरू

काठमाडौं, चैत १३ । समुदाय प्रहरी साझेदारी अन्तर्गत चन्द्रागिरिमा घरदैलो कार्यक्रमको शुभारम्भ गरिएको छ ।

समुदाय प्रहरी साझेदारी पालिका समिति चन्द्रागिरिको आयोजनामा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले थानकोटस्थित साझा घरमा स्टिकर टास गरी कार्यक्रमको शुभारम्भ गरेका हुन ।

कार्यक्रममा बोल्दै महानगरीय प्रहरी बृत्त थानकोटका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले समाजलाई अपराध मुक्त बनाउने उद्देश्यका साथ स्थानिय प्रहरीहरूको नम्बर सहितको स्टिकर टाँस्ने र स्थानीय र प्रहरीबीच सुमधुर सम्बन्ध कायम गर्ने यो अभियान फलदायी हुने बताए ।

थापाले प्रत्येक चन्द्रागिरिका स्थानीयहरूको घरमा स्टिकर टास गरी घरधनिहरूको विवरण संकलन गर्न फारम भर्ने काम बुधबारबाट सुरू भएको बताए । थापाले भने, ‘प्रत्येक घरघरमा एउटा एउटा स्टिकर टाँस्ने र एउटा फारम भर्ने व्यवस्था गरिएको छ, भरिएको विवरण गोप्य हुने छ ।’

कार्यक्रममा चन्द्रागिरिका नगर प्रमुख घनश्याम गिरीले समुदाय प्रहरी साझेदारी शान्तिपूर्ण एंव सुरक्षित समाजका लागि यो अभियान प्रभावकारी हुने बताए ।

उनले अचानक, हुने घटनालाई नगरपालिकाले विपद् व्यवस्थापनमा आवश्यक सामाग्री खरिद भइसकेको र केही हप्तामै प्रहरीलाई हस्तान्तरण गरिने बताए । नगर प्रमुख गिरीले भने ‘समाजलाई व्यवस्थापन गर्ने र समाजलाई असल बाटोतर्फ लैजानलाई, अपराध गर्ने परिपाटीमा सिफारिस गर्ने काम गलत हो, लागुऔषध दुव्र्यसनीलाई हल गर्नुपर्छ । सबै घरहरूमा एकै किसिमका रङहरू लाग्ने छ । सबै किसिमका सुधारको काम हुने छ । सभ्य समाज निर्माण कार्यमा सवै अनुसाशित हुनुपर्छ र शान्ति सुरक्षा काम गरेर सव्य र भव्य समाज निर्माणमा लाग्ने प्रण गरौं ।’

कार्यक्रममा बोल्दै चन्द्रागिरि नगरपालिका प्रवर्ता हरिभत्तm महर्जनले घटना घटन नदिन स्थानीयलाई जनचेतना र अभिमुखीकरण तालिम आवश्यक रहेको औंल्याए । उनले चन्द्रागिरिमा समग्र नगरको शान्ति सुरक्षाको लागि सिसि क्यामरा, साईरन, सोलार बत्ती लगायतको कामको सुरूवाती भईरहेको जानकारी गराए ।

चन्द्रगिरि नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष कृष्णप्रसाद खड्गीले शान्ति सुरक्षामा नागरिक र प्रहरीबीच सुमधुर सम्बन्ध हुनुपर्ने र प्रहरी नागरिकबीच ऐकाकार गरी अगाडि कढ्न सके वर्दी र विना वर्दीका प्रहरीबीच समंन्वयनबीच शान्ति सुरक्षामा सोचेअनुरूप उपलब्धि हासिल हुने बताए ।

तस्वीर : रोशन दानी

कमेन्ट गर्नुहोस्

%d bloggers like this: