Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

मलेसियाका लागि नवनियुक्त राजदुत उदयराज पाण्डेसंग नेपाली मजदुरबारे अन्तरक्रिया गर्ने तयारी

मलेसिया (क्वालालम्पुर), चैत १३ । नेपाली राजदुतावास मलेसियाका लागी केही समय अगाडिमात्रै राजदुतमा नियुक्त भई मलेसिया आई कार्यभार सम्हालिरहेका नवनियुक्त राजदुत उदयराज पाण्डेलाई एक कार्यक्रमका बीच भव्य स्वागत गर्ने भएको छ ।

मलेसियामा रहेका नेपाली व्यवसायी समाज लगायत विभिन्न समाजिक संघसंस्थाहरु जस्तैः नेपाल् आदिवासी जनजाती महासंघ, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुदुर पश्चिमेली नेपाली समाज, गैर आवासीय नेपाली सेतेरियो कराते संघ, भोजपुर सेवा समाज, दोलखा समाज, खोटाङ सेवा समाज, खप्तरी बस्नेत परिवार मलेसिया लगायतको संघसंस्थाहरुसँगको संयुक्त सहकार्यमा यहीँ मार्च महिनाको ३१ तारिख आईतवारको दिन क्वालालम्पुरमा अवस्थित ग्राण्ड कन्टिनेन्टल होटेलमा एक भव्य कार्यक्रमको आयोजना गरी राजदुत पाण्डेलाई स्वागत गर्ने तयारी गरेको आयोजक संस्था मध्यकै नेपाल् आदिवासी जनजाती पत्रकार महासंघ (फोनिज)शाखा मलेसियाका अध्यक्ष सुनाखरी मगरले जानकारी गराए ।

फोनिजका अध्यक्ष मगरलाई उद्धत गर्दै मलेसियामा बिगत लामो समयदेखि रेष्टुरेन्ट व्यवसायमा सक्रिय नेपाली व्यवसायी बिपिन राईले बोल्दै सो कार्यक्रममा राजदुत पाण्डेलाई स्वागत गर्ने सँगसँगै मलेसियामा कार्यरत पीडित नेपाली मजदुरहरुको उद्दार गर्नको निम्ती दूतावाससँग कसरी सहयोग लिने ? अथवा सहकार्य गर्ने भन्नेबारे पनि संघसंस्थाको अगुवाहरुसँगै राजदुतसँग बृहत् छलफल, अन्तरक्रिया समेत गर्ने राईले बताए ।

मलेरियामा रहेका राजनीतिक दलहरु (पार्टी) बाहेकको अन्य समाजिक संघसंस्थाहरुले समेत आउँदो आइतबार आयोजना हुन लागेको उक्त कार्यक्रममा सहकार्य गर्न सक्ने, मिल्ने राईको भनाई रहेको छ। साथै उक्त स्वागत कार्यक्रममा विभिन्न जातजातिको साँस्कृतिक झाकी नाचगान समेत प्रदर्शन गर्ने तयारी आयोजकले गरिरहेको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: