Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

आइपीएलः पन्जाबमा ४ खेलाडी परिर्वतन, मौका को–कोले पाए?

काठमाडौं, चैत १३ । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत कोलकाता नाइट राइडर्सस विरुद्धको खेलमा किंग्स इलाभेन पन्जाबले टस जितेर बलिङ रोजेको छ ।

कोलकातासँगको खेलमा पन्जाबले ४ खेलाडी परिर्वतन गरेको छ । उसले साम करन, मुजीउर रहमान, अंकित राजपूत र निकोलस पुरनलाई आराम दिएको छ । उनीहरुको ठाउँमा पन्जाबले डेबिड मिलर, बरुण चक्रवर्ती, हारडुस विलजोएन र एंड्रयू टाईलाई मौका दिएको छ । यता कोलकाताले भने अघिल्लो खेलका सबैलाई आज स्थान दिएको छ ।

यी दुई टिमले पहिलो खेमा जीत हासिल गरेकाले खेल रोमाञ्चक हुने अनुमान छ । पहिलो खेलमा कोलकाताले सनराइजर्स हैदाराबाद र पन्जाबले राजस्थान रोयल्सलाई हराएको थियो । कोलकातामा दिनेश कार्तिक र पन्जाबमा रविचन्द्रन आश्विन कप्तान छन् ।

कोलकाताः क्रिस लिन, सुनिल नारायाण, रबिन उथप्पा, नीतीश राणा, शुभमन गिल, दिनेश कार्तिक (कप्तान), आन्द्रे रसल, पीयूष चावला, कुलदीप यादव, लकी फर्ग्यूसन, प्रसिद्ध कृष्णा।

पन्जाबः क्रिस गेल, केएल राहुल, मयंक अग्रवाल, सरफराज खान, डेविड मिलर, मनदीप सिंह, एंड्रयू टाई, रविचंद्रन अश्विन (कप्तान),मोहम्मद शमी, वरुण चक्रवर्ती, हारडुस विलजोएन।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: