स्वाइन फ्लुको संक्रमणबाट ४ महिनामा १८ को मृत्यु

काठमाडौं, चैत १४ । नेपालमा ‘मौसमी रुघाखोकी’ नामले चिनिने स्वाइन फ्लुबाट चार महिनामा १८ जनाको मृत्यु भएको छ । पुसयता स्वाइन फ्लुको संक्रमणबाट १८ को मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको छ ।

महाशाखा प्रमुख डा। विवेककुमार लालका अनुसार एच१एन१ भाइरसका कारण काठमाडौंमा १४, सिन्धुलीमा १, पोखरामा १ र काभ्रेमा १ जनाको ज्यान गएको छ । यस्तै एकजनाको ठेगाना खुलेको छैन । मौसमी रुघाखोकीले उनीहरूको मृत्यु भएको उनले बताए ।

चार प्रकारका भाइरसले स्वाइन फ्लु फैलाउने सरुवारोग विशेषज्ञहरू बताउँछन् । एच१एन१, एच१एन२, एच३एन१ र एच३एन२ ती भाइरस हुन् । सबैभन्दा खतरनाक एच१एन१ भएको चिकित्सकहरू बताउँछन् ।

याे पनि पढ्नुस  लागुऔषधको कुलतबाट छुटकारा पाउन अपनाउनहोुस यस्ता उपाय !

पहिलोपटक सन् २००९ मा मेक्सिकोमा सुंगुर फार्ममा देखिएको स्वाइन फ्लु अहिलेसम्म संसारका २ सयभन्दा बढी देशमा फैलिसकेको छ । परीक्षणका क्रममा सुंगुरमा पाइने जिनजस्तो भाइरस मानिसमा पनि पत्ता लागेपछि यसलाई चिकित्सकले स्वाइन फ्लु भन्न थालेका हुन् । तर, नेपालमा सर्वसाधारण आतंकित हुने डरले एच१एन१ लाई सरकारी निकायले मौसमी रुघाखोकी भन्ने गरेका छन् ।

यसरी सर्छ स्वाइन फ्लु
सुंगुरको सम्पर्कमा नियमित रहने मानिसमा स्वाइन फ्लु भाइरस सर्छ । स्वाइन फ्लु प्रभावित व्यक्तिको सम्पर्कमा आउँदा हावाबाट अन्यमा सर्ने चिकित्सक बताउँछन् । रोगीले खोक्दा, हाँच्छिउँ गर्दा यसको जीवाणु फैलिन्छ । यो जीवाणु घन्टौँसम्म पनि जीवितै रहन सक्ने भएकाले बढी खतरनाक हुने चिकित्सक बताउँछन् ।

याे पनि पढ्नुस  निद्रासम्बन्धी १० भ्रम जसलाई हामीले आजैबाट त्याग्नुपर्ने

बच्ने उपाय
सहिद शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका डा। शेरबहादुर पुनका अनुसार सुरुवाती दिनमै स्वाइन फ्लुको संक्रमण पहिचान हुन सके उपचार सम्भव हुन्छ । स्वाइन फ्लुबाट बच्ने पहिलो उपयुक्त उपाय संक्रमित व्यक्तिको सम्पर्कबाट जोगिनु नै हो । डा। पुनका अनुसार सरसफाइमा ध्यान दिने, धुवाँधुलोयुक्त सार्वजनिक स्थानमा जाँदा सुरक्षित मास्क प्रयोग गर्ने, नियमित साबुनपानीले हात धुने र खोक्दा तथा हाछ्युँ गर्दा सफा कपडाले छोप्ने गर्नुपर्छ ।

लक्षण
सामान्यतः सय डिग्रीभन्दा बढी ज्वरो आउनु, रुघाखोकी लाग्नु, शरीर शिथिल बन्दै जानु, इच्छाशक्तिमा कमी आउनु, भोक नलाग्नु, टाउको दुख्नु स्वाइन फ्लु ९एच१एन१०का लक्षण हुन् । कहिलेकाहीँ वाकवाकी हुने र झाडापखालासमेत लाग्छ । सामान्य रुघाखोकीसँग मिल्दोजुल्दो लक्षण हुने भएकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मौसमी रुघा खोकी भन्दै आएको छ ।

याे पनि पढ्नुस  हेर्नुस यस्ता छन् खाली पेटमा पानी पिउनुको फाइदा

औषधि पाउनबाट बिरामी वञ्चित छैनन् स् महाशाखा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले कुनै पनि बिरामी उपचार पाउनबाट वञ्चित नभएको बताएको छ । प्रयोगशाला परीक्षणबाट मौसमी रुघाखोकी ९सिजनल एन्फ्लुएन्जा एच१एन१० प्रमाणित भई बिरामीको रिपोर्टसहित अस्पतालबाट ‘एन्टिभाइरल’ औषधि माग भएको अवस्थामा उपलब्ध गराउँदै आएको महाशाखाले जनाएको छ । कोही पनि बिरामी औषधि नपाएर फर्कनु नपर्ने महाशाखाले जनाएको छ । यो समाचार आजको नयाँ पत्रिकाबाट लिइएको हो ।

कमेन्ट गर्नुहोस्