डाटासेन्टरमा समस्या आएपछि शेयर खरिबिक्री समेत प्रभावित

काठमाडौं, चैत १४ । बुधबार शेयर दलालहरूको भेण्डर कम्पनीको डाटा सेन्टरमा समस्या आएपछि शेयर खरिदबिक्री समेत प्रभावित भएको छ ।

सेन्टरको फायरवाल तथा राउटरमा समस्या आएपछि बुधबार नेपाल स्टक एक्सचेन्जले साँझ ६ बजेसम्म शेयर कारोबार खुला गर्नुपरेको हो । अनलाइन कारोबार प्रणालीको ब्रोकर ट्रेड म्यानेजमेन्ट सिष्टमको पूर्वाधारमा आएको खराबीका कारण शेयर कारोबार नै रोकिएको थियो ।

याे पनि पढ्नुस  शेयर बजार १८ अंकले घट्यो

तर, नेप्सेले उक्त समस्या समाधान भएपनि पुनःशेयर कारोबारको समय थप गरेको नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले बताए । भेण्डर कम्पनीको टीएमएस प्रणालीको राउटर अर्थात फायरवालमा आएको समस्याले लगानीकर्ता सेयर कारोबारबाट वञ्चित हुनुपरेको हो ।

अनलाइन कारोबार प्रणाली सुरु गर्ने समयमा शेयर दलालहरूलाई डाटा सेन्टर राख्नका लागि भनिएकोमा आफैंले प्रणाली नराखी भेण्डर कम्पनीको सहायता लिइ काम गर्दै आएका छन् । सेन्टरमा आएको समस्याले ब्रोकरहरू अनलाइन प्रणालीमा लगइन हुन सकेनन् । बुधबार नेप्सेको कारोबार प्रणालीमा नभई ब्रोकर कम्पनीको डाटा सेन्टरमा समस्या आएको साउदको भनाइ छ । वैकल्पिक फयरवाल जडान भैसकेपछि कारोबार अवरुद्ध भएको एक घण्टा १० मिनेको समय नियमित समयभन्दा पछि कारोबार गरेको हो ।

याे पनि पढ्नुस  शेयर दलाल कम्पनी खुलेपछि कारोबार सहज

नेप्सेको कारोबार प्रणालीमा नभई डाटा सेन्टरमा समस्या आएको हुनाले बुधबारको कारोबारमा समस्या आएको स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष भरत रानाभाटले बताए ।

कमेन्ट गर्नुहोस्