Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

जोरपाटीमा अशक्त मैत्री सडक निर्माण गर्न सरकारसँग माग गर्दै प्रदर्शन

काठमाडौं, चैत १४ । बिहीबार काठमाडौंको जोरपाटीमा शारिरीकरुपमा अशक्त भएकाहरुले ह्वीलचियर मैत्री सडक तथा फुटपाथ निर्माण गर्न सरकारसँग माग गर्दै प्रदर्शनमा उत्रिएका छन् ।

जोरपाटी सडकखण्डको फुटपाथसमेत ह्वीलचियर मैत्री नभएपछि शारिरीक रुपमा अशक्त भएकाहरुले सो फुटपाथ भत्काउँदै प्रदर्शन गरेका हुन् । सरकारसँग पटक–पटक आग्रह गर्दा पनि आफूहरु मैत्री फुटपाथ नबनेपछि त्यसको विरोधमा निर्माण गरिएको फुटपाथसमेत भत्काउन बाध्य हुनुपरेको शारिरीकरुपमा असक्त ललितपुरका भोजराज श्रेष्ठले बताए । उनले मानव निर्मित भौतिक पूर्वाधारका कारण आफूहरु घर बाहिर निस्कन सक्ने वातावरणसमेत नभएको भन्दै आक्रोश पोखेका थिए ।

नेपाल अपांग संघ खगेन्द्र नवजीवन केन्द्र, जोरपाटीबाट ह्वील चियरमा निस्किएका शारिरीकरुपमा अशक्त व्यक्तिहरुले सडक तथा फुटपाथ अशक्त मैत्री बनाउन माग गर्दै सरकारका मन्त्री, सचिव र सडक विभागलाई भन्दा पनि माग सुनुवाई नभएको बताएका छन् ।

सरकारले आफूहरुलाई घर भित्रबाट बाहिर जान नदिने गरी सडक तथा फुटपाथ निर्माण गरेकाले त्यसको विरोध गर्नु परेको शारिरीक रुपमा अशक्त रहेकी गिता झाले बताइन् । उनले ह्वील चियर मैत्री सडक तथा फुटपाथ निर्माणका लागि सरकारलाई दवाव दिन पनि सबैलाई आह्वान गरेकी छिन् ।

नेपालमा हाल कूल जनसंख्याको १० प्रतिशत शारिरीक रुपमा अशक्त भएका व्यक्तिहरु रहेका छन ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: