Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

एसईईः प्रश्नपत्र बाहिरिएपछि विज्ञान विषयको परीक्षा रद्द

सिरहा, चैत १४ । परीक्षा अगाडि नै प्रश्नपत्र बाहिरिएपछि राष्ट्रिय परीक्षा बोर्डले बिहीबारको अनिवार्य विज्ञान विषयको प्रदेश दुई अन्तर्गतको परीक्षा रद्द गरेको छ ।

सप्तरीमा बुधबार राति नै जिल्ला शिक्षा समन्वय समितिका कर्मचारी, परीक्षा केन्द्रमा खटिएका निरिक्षक, सुरक्षाकर्मी लगायतको मिलेमतोमा प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा बिहीबार लिइएको अनिवार्य विज्ञान विषयको परीक्षा रद्द गरिएको हो । बिहीबार बसेको बोर्डको बैठकले नियमित सञ्चालन भएको विज्ञान विषयको परीक्षा रद्द गरेर चैत २२ गते फेरि लिने निर्णय गरेको हो ।

चार सदस्यीय छानबिन समिति गठन गरेको छ । बोर्डका सदस्य अमुदा श्रेष्ठको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरिएको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: